+
+

वीरगञ्जमा सरावगीभन्दा राजेशमान १०,३०७ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १६:३३

६ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा सिंह १० हजार ३०७ मतले अगाडि छन् ।

२० वडाको ४६ हजार ३५३ मत गणना हुँदा राजेशमानले २२ हजार ५९६ मत पाएका छन भने सरावगीले १२ हजार २८९ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १ हजार ४२४ मत पाएका छन् । हालसम्म मेयर पदमा ९ हजार ३९१ मत बदर छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले सुरुदेखि नै अग्रता लिइरहेका छन् । आलमले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तम लाल झा भन्दा झण्डै ५ गुणा बढी मत ल्याएका छन् । इम्तियाजले १६ हजार ८६१ मत पाउँदा झाले ३ हजार ५७६ मत मात्रै पाएका छन् । उपमेयरमा बदर मत २१ हजार ४४६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?