+
+

उल्टो हिंडेर मेची-महाकाली यात्रा सकेका परियार मुस्ताङ यात्रामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १६:४६

६ जेठ, पाल्पा । उल्टो पैदल यात्री ऋषि परियार मेची-काली यात्रा सकेर यतिबेला मुस्ताङसम्मको यात्रामा निस्किएका छन् ।

पहिलो चरणको यात्रा सकेका ऋषिले दोस्रो चरणमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलदेखि मुस्ताङसम्मको उल्टो पैदल यात्रा तय गरेका हुन् । बुटवलदेखि ३ दिनमा पाल्पाको तानसेन आइपुगेका परियारले २५–२६ दिनसम्म मुस्ताङसम्मको यात्रा सक्ने बताए ।

दाङ स्थायी घर भएका ३० वर्षीय परियारले यसअघि ६२ दिन उल्टो हिँडेर पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा सकेको बताए । उनले यसअघि ‘हिंडौं स्वस्थ रहौं’ भन्ने नारासहित सयौं किलोमिटरको यात्रा सफल भएपछि अहिले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यात्रामा निस्किएको बताए ।

उनले मुस्ताङको यात्राको सुरुवात बुटवलको पुष्पलाल चोकबाट सुरु गरेका छन् । स्याङ्जा, पोखरा हुँदै मुस्ताङ पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?