+
+

धरानका स्वतन्त्र उम्मेदवार राई २ हजारभन्दा बढी मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ७:०३

७ जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् ।

अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?