+
+

बाँकेको नरैनापुरमा जसपाका साह र श्रीवास्तव दोहोरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ९:१३

७ जेठ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा इश्तियाक अहमद साह र जयन्तिदेवी श्रीवास्तव पुनः दोहोरिएका छन् ।

निर्वाचनमा दुवै जना जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार थिए । गाउँपालिका अध्यक्षमा साह र उपाध्यक्षमा श्रीवास्तव पुनः निर्वाचित भएका हुन् । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन् ।

अध्यक्ष पदमा साहले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र मौर्यलाई १ हजार ३५२ मतको अन्तरले पराजित गरे । साहले ५ हजार ३७ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी मौर्यले ३ हजार ६८५ मत ल्याए । तेस्रो भएकी नेकपा एमालेकी पदमा वती यादवनीले ३ हजार १२२ मत प्राप्त गरेकी छन् ।

यसैगरी उपाध्यक्ष पदमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन् । श्रीवास्तवले ३ हजार ८७९ मत प्राप्त गरिन् भने कांग्रेसकी अतिकुनले हजार मत ल्याएकी छन् ।

नेकपा एमालेका पञ्चराम यादवले २ हजार ८०४ र माओवादी केन्द्रका शविना बेगम मुकेरीले १ हजार १२ मत पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?