+
+

बार्सिलोनाका प्रशिक्षक जाभीले भने- लेवान्डोस्कीलाई ल्याउन सहज छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:४८

८ जेठ, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभीले जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्ने विषयमा कुरा भएको र तर अनुबन्धन प्रक्रिया सहज नभएको बताएका छन् ।

पोल्यान्डका सुपरस्टार लेवान्डोस्की पनि सिजन सकिएपछि क्लब छाड्ने मनसायमा छन् । स्पेनिस क्लब बार्सिलोनाले पनि उनलाई भित्र्याउने इच्छा देखाइरहेको बेला जाभीको यो प्रतिक्रिया आएको हो । लेवान्डवस्की पनि बार्सिलोना जान चाहन्छन् ।

जाभीले खेलाडी र क्याम्प नोउ क्लबबीच सम्पर्क भएको बताउँदै लेवान्डोस्की अनुबन्ध गर्न सजिलो नभएको भन्दै सजग गराएका छन् ।

‘उनी आउन सक्ने सम्भावना छ,’ जाभीले शनिबार पत्रकार सम्मेलनमा भने ।

‘उनले सार्वजनिक रूपमा पनि भनेका छन् । त्यहाँ वार्ताहरू भएका छन्, तर यो सजिलो हुनेछैन, उसको बायर्नसँग एक वर्षको सम्झौता बाँकी नै छ ।’

किलियन एमबाप्पे र एर्लिङ हालान्डलाई खर्च गर्न नसकेर बार्सा अनुबन्ध गर्न दौडबाट बाहिएको हो भन्ने प्रश्नमा जाभीले भने, ‘यो सहि हो । आर्थिक अवस्था यस्तो छ । हामी हालान्ड वा एमबाप्पेको बोलीमा छैनौं, तर यो हामीले विरासतमा पाएका छौं । हामीले पछाडि फर्केर हेर्नु हुँदैन, तर अगाडि बढ्नु पर्छ ।’

बायर्नमा लेवान्डोस्कीको सम्झौता २०२३ को समरमा समाप्त हुन्छ र उनले गत हप्ता नै आफ्नो सम्झौता नवीकरण नगर्ने पुष्टि गरिसकेका छन्।

यद्यपि, बायर्नका अध्यक्ष हर्बर्ट हेनरले क्लबले उनलाई यस समरमा छाड्न नदिने र उनले २०२२-२३ सिजन बायर्नमा बिताउनुपर्ने कुरामा जोड दिए ।

३३ वर्षीय पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई अनुबन्ध गर्ने होडमा बार्सा मात्रै छैन । गोल डट कमका अनुसार प्रिमियर लिग क्लब चेल्सी पनि यस होडमा देखिएको छ । उनको अवस्थाको निगरानी गरिरहेका छन् ।

चेल्सीले आफ्नो हालको प्रतिबन्ध अन्तर्गत नयाँ खेलाडीहरूलाई अनुबन्ध गर्न सक्दैनन् तर टो बोहलीले टिम टेक ओभर गरेपछि फेरि खेलाडी स्थानान्तरण गर्ने अवसर पाउनेछ ।

बार्साको आर्थिक समस्याले गर्दा लेवान्डोस्कीलाई अनुबन्ध गर्ने सम्भावनामा असर गर्नेछ छ । ला लिगाका अध्यक्ष जेभियर टेबासले पनि क्लबले उनलाई अनुबन्ध गर्न नसक्ने चेतावनी दिएका छन् ।

टेबासले बार्सिलोनाले सम्झौता गर्न सक्नु अघि उनीहरूले धेरै पैसा जुटाउन आवश्यक हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?