+
+

भरतपुरमा सुवेदीलाई रेनुले ८,१५४ मतले पछि पारिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १५:५९

८ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् ।

दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?