+
+

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ६:२१

९ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।

मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे ।

रोचक बनेको व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि थिए । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगे र वडा नम्बर १० को गणना गर्न थालेपछि वैकुण्ठले दीपकराजलाई उछिनेका हुन् ।

यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १३ हजार ४ सय ६४ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार ५९२ मत पाएका थिए ।

२०७४ चुनाव भन्दा यसपालिको चुनावमा न्यौपानेलाई जित्न सकस पर्यो । किनकी यस पालिकामा उनका प्रतिस्पर्धी रहेका जोशी कांगे्रसबाट असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा थिए । उनले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?