+
+

रुकुम पूर्वका २ पालिकामा कार्यपालिका सदस्य निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ७:०२

९ जेठ, रुकुम पूर्व । रुकुम पूर्वका दुई वटा गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । जिल्लाको सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् ।

सिस्ने गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यकबाट निर्विरोध भएका छन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटकाअनुसार सिस्ने गाउँ कार्यपालिका सदस्य पदको लागि महिलामा तीर्था पुन, धनकुमारी बुढा खत्री, मिना केसी र सपुरी बुढा छन् । दलित तथा अल्पसंख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भए ।

दलित तथा अल्पसंख्यकमा रन्जित सेनको पनि मनोनयन दर्ता भएको थियो । उनको मनोनयन दर्ता भने खारेज भएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । रन्जित सेनको नामावलीमा रन्जित दमाई छ । नागरिकतामा सेन छ । दलले दिएको मनोनय पत्रमा सेन(दमाई) छ । पालिकाले दिएको पत्रमा पनि सेन नै छ । सेन भन्ने थर दलित थरको अनुसूचिमा नभएको कारण उनको मनोनयन दर्ता खारेज भएको मुख्य निर्वाचन अधिकृत लवटले बताए ।

यस्तै भूमे गाउँपालिकामा पनि गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । गाउँ कार्यपालिका सदस्यको लागि महिलामा सुनकुमारी रोका, भिमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध भएका छन् । यस्तै दलित तथा अल्पसंख्यकमा भागिलाल दमाई र चेतबहादुर कामी निर्विरोध भएका हुन् ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा पनि ४ जना महिला सदस्य गाउँ कार्यपालिका सदस्य पदमा निर्विरोध भएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध भएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिए । निर्विरोध निर्वाचित सबै नेकपा माओवादी केन्द्रका हुन् ।

दलित तथा अल्पसंख्यकबाट भने ८ जनाको मनोनयन दर्ता भएको थियो । पाँच जनाले नाम फिर्ता लिए भने दुई सदस्यको लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । मनोनयन फिर्ता लिनेहरुमा ममता कामी, डोरबहादुर छन्त्याल, टेकप्रसाद समाल, तपलाल कामी र नामेन्द्र सुनार रहेको निर्वाचन अधिकारी चापागाईंले बताए । अब माओवादी केन्द्रबाट निर्वाचित भई आएका जानु छन्त्याल, हर्कबहादुर कामी र स्वतन्त्रबाट राजकुमार सुनारको मनोनयन कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?