+
+

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १३:५८

९ जेठ, काठमाडौं । सातामै दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् ।

मूल्य वृद्धिबारे अनलाइनखबरसँग कुराकानी गर्दै उपभोक्ता हक हितका क्षेत्रमा काम गर्ने ४ वटा फरक फरक संस्थाका प्रतिनिधिले महाँगीको मारमा परेका जनतालाई थप आहत बनाउने गरी मूल्य वृद्धि गरिएको दाबी गरे । उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले इन्धनको बढेको मूल्य वृद्धि तत्काल फिर्ता गर्न आग्रह गरे ।

‘पेट्रोल, ग्याँस, डिजलको मूल्य वृद्धिलाई व्यवस्थापन गर्ने र मूल्य घटाउने धेरै उपायहरु थिए । तर जानीजानी ती उपायहरु अवलम्बन गरिएन । अनुचित ढंगले मुल्य वृद्धि गरियो,’ बानियाँले भने, ‘अहिलेको मूल्य वृद्धि कृत्रिम मात्रै होइन मूल्य वृद्धिको नाउँमा उपभोक्ता लूट र बेइमानी हो ।’

देशभरका पेट्रोल पम्पमा गतहप्तादेखि निगमको डिपो रित्तो पारेर पेट्रोल पम्पहरुमा तेल भरेर मूल्य वृद्धिको गरिएको पनि बानियाँले बताए । केही व्यापारीलाई रातारात अर्बपति बनाउने र पेट्रोल क्षेत्र, निजी क्षेत्रलाई दिने, निजीकरण गर्ने वातावरण बनाउन निगम लागि परेको उनले बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले जनताको चुल्नै बल्न नसक्ने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको मूल्य वृद्धि गरिएको बताए । भारतले कर हटाएर इन्धनको मूल्य घटाइरहँदा नेपाली शासक भने मूल्य बढाएर जनतालाई कष्ट थोपर्न लागेको उनको भनाइ छ । ‘यो त सबै खाले हद पार भयो,’ मर्हजनले भने, ‘हामी सरकारलाई ज्ञापन पत्र पनि बुझाउँछौं मूल्य वृद्धिको शसक्त प्रतिकार हुन्छ ।’ खाना पकाउने ग्याँसमा गरिएको मूल्य वृद्धिका कारण विपन्न जनताको चुल्हो नबल्ने अवस्था सृजना भएको भन्दै उनले मूल्य बढाउने निगमको कार्य पारदर्शी नभएको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सनाले पेट्रोलियम मूल्य वृद्धिको उपभोक्ताले प्रतिरोध गर्नुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा लगाइदैं आइएको राज्यको कर हटाउन माग गरे । ‘तत्काल कर घटाएर बढेको मूल्य फिर्ता लिनुपर्छ,’ तिमिल्सिनाले भने, ‘ग्याँस र डिजेलको मूल्य वृद्धिले समग्र मूल्य वृद्धि बढ्छ । मूल्य वृद्धि फिर्ता नगरिए प्रतिरोध हुन्छ ।’

सरकारले तत्काल मूल्य घटाउने काम नगरे सशक्त आन्दोलन हुने पनि उनले बताए ।
सरकारले मूल्य वृद्धि मात्रै दिएको कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले बताइन् । सरकारले बढाएको इन्धनको मूल्यका कारण समग्र मूल्य वृद्धि बढ्ने भन्दै उनले उपभोक्तामाथि ठूलो अन्यय भएको बताइन् ।

आइतबार रातीदेखि लागू हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?