+
+

अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १४:४७

९ जेठ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा (अल्लाहको प्रार्थना) र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् ।

वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे ।

त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् ।

‘अध्यक्षसहित गाउँपालिकाका प्रतिनिधिबीच आपसी मित्रता बढोस्, जनताको काम गर्न तत्परता मिलोस र गाउँपालिकाको विकास होस् भनी दुवा दिएको छु’ मौलाना मोहम्मद तारिखले भने ।

हिन्दू पुरोहित मिश्राले पदभार ग्रहणका क्रममा अध्यक्ष र उपाध्यक्षले सामाजिक सदभावको नमुना प्रस्तुत गरेको बताए ।

पदभार पछिको कार्यपालिकाको पहिलो बैठकले तीनवटा निर्णय गरेको अध्यक्ष वलिउद्धिन मुसलमानले जानकारी दिए ।

शिशु र गर्भवतीको सुरक्षालाई ध्यानमा राखी प्रत्येक वडामा एम्बुलेन्स सञ्चालन गर्ने, बालविकास शिक्षा प्रवर्द्धन गर्ने र फुसको छानामुक्त गाउँपालिका बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित वलिउद्दिन मुसलमान र सरस्वती यादव नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?