+
+

एमालेको उदासिनताका कारण तालमेल परिणाममुखी भएन : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १५:३६

९ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको उदासिनताका कारण स्थानीय तहको तामलेलले अपेक्षाकृत परिणाम दिन नसकेको बताएका छन् ।

सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा थापाले पार्टी पुनर्गठन भएको छोटो समयमा चुनाव जानुपर्ने बाध्यात्मक अवस्था रहेको सुनाए । चुनावमा भाग नलिन सक्ने भएपनि बहिस्कर गर्दा गलत सन्देश जाने भएकाले सांकेतिक रुपमा मात्र भाग लिएको उनले बताए ।

थापाले भनेका छन्, चुनावमा हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गर्‍यौं । व्यवहारिक र रणनीतिक रुपमा ठीक भएपनि एमालेको उदासिनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन ।’

राप्रपाले देशभर एमालेलाई समर्थन गर्दै केही स्थानमा सूर्य चिह्नबाट चुनाव लड्ने सहमति गरेको थियो । तर कुनै पनि पालिकाको प्रमुख वा उप्रमुखमा उम्मेदवारी पाएन ।

स्थानीय चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्ने थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?