९ जेठ, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका- १ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामासमेत जम्मा नगरेको आरोपसहित दुई लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबारविशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरेको अख्तियारको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4