+
+

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १५:५३

९ जेठ, काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ ।

स्कुल फर स्पेसल नाउँ दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ । यस्तै डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।

विद्यालय निर्माणका लागि आवश्यक रकम जुटाउन ४ असारमा द मल्ल होटलमा ‘जुन वियर कार्निभल’ गरिने राउण्ड टेबल नेपालले जनाएको छ ।

राउण्ड टेबलले निकालेको विज्ञप्तिमा बालबालिकाहरुको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्न लागेको उल्लेख छ ।

सन् १९२७ मा वेलायतमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सिके गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सक्रिय रहँदै आएको छ ।

राउण्ड टेबलले ३६ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी देशका २६ विद्यालयमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सहयोग गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?