+
+

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १०:३६

१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।

‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’ एसएसपी गिरीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?