+
+

सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:३३

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । सफ्टवेयरमार्फत एक अर्को मन्त्रालयमा पत्राचार र कागजात आदानप्रदान समेत गर्न मिल्नेगरी प्रणाली विकास गर्न खोजिएको हो ।

सरकारको  आगामी आर्थिक वर्षा ०७९/०८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसबाट कागजको प्रयोग घटने भएको विश्वास गरिन् । यो प्रणालीले सरकारी कामकाज र अरु प्रक्रियालाई चुस्त बनाउनेछ ।

अहिले कतिपय मन्त्रालयले आफ्नो कार्यप्रकृति अनुसार छुट्टाछुट्टै प्रणाली सञ्चालन गरेका छन् । ती प्रणाली कायम राखी अहिले सरकारले थप अर्को एकीकृत प्रणाली लागू गर्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?