+
+
नीति तथा कार्यक्रम :

प्रदेश र स्थानीय तहलाई सबल बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:१३

१० जेठ, काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले दुवै तहको सबलीकरणमा जोड दिएको हो ।

सरकारले सुशासनसम्बन्धी नीति बनाउने घोषणा गरेको छ र राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला बनाउने  नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी केही समयदेखि अलपत्र परेको निजामती सेवा सम्बन्धी संघीय कानून तर्जुमा गर्ने घोषणा पनि सरकारले गरेको छ । सार्वजनिक सेवालाई उच्च मनोबलयुक्त बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सार्वजनिक निकायबाट प्रदान गरिने सेवा भरपर्दो बनाउन आवश्यक समन्वय गरिनेछ ।’

उनले विद्युतीय सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा पनि गरिन् । सरकारले संघीय प्रशासनको छरितो बनाउन गाभ्ने र पुनर्संरचना गर्ने घोषणा गरेको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रको पुनरावलोकनको घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?