+
+

धेरै भ्रष्ट्राचार हुने कार्यालयको जोखिम विश्लेषण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२२

१० जेठ, काठमाडौं । सरकारले धेरै भ्रष्टाचार हुने भनिएका सरकारी निकाय र कार्यालयहरुको जोखिम विश्लेषण गर्ने भएको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले क्षेत्रगत विश्लेषण गर्ने र जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने घोषणा गरेको हो । सरकारले त्यस्ता कार्यालयहरुमा भ्रष्टाचार हुनै नदिने भन्दै महत्वाकांक्षी घोषणा गरेको छ ।

अनि भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रविधीमैत्री बनाउन सहयोग गर्ने घोषणा गरेको छ । अख्तियारको क्षमता विकासमा समेत सहयोग हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई समेत अधिकारसम्पन्न बनाउने घोषणा गरेको छ । अहिले यो निकायको काम भ्रष्टाचारविरुद्ध प्रचारात्मक क्रियाकलाप गर्ने, सम्पत्ति विवरण संकलन गर्ने र केही ठूला आयोजनाको प्राविधिक परिक्षण गर्नेमा सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?