+
+

गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १९:२६

१० जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो ।

गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरेको हो ।

‘विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘ विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?