+
+

काठमाडौंका लागि विद्युत् प्राधिकरणले थाल्यो हटलाइन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:५३

११ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्न सकिने गरी पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

११५० नम्बरको कल सेन्टरमा ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सकिने छ । उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहने प्राधिरकणले जानकारी दिएको छ ।

अतः काठमाडौं उपत्यकाभित्र विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत् प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक १ डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिन सकिने प्राधिरकणले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?