+
+

अंकमाल गर्दा तनाव कम हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १३:१०

अप्ठ्यारो परिस्थितिमा कसैले हामीलाई अंकमाल गर्‍यो भने केही हदसम्म तनाव कम भएको महसुस हुन्छ । मन हलुका भएको आभास हुन्छ । अनुसन्धानले पनि अंकमाल गर्दा फाइदा हुने देखाएको छ ।

अंकमालले पुरुषको तुलनामा महिलालाई अझ बढी फाइदा हुने देखाएको छ । अमेरिकाको एरिजोना युनिभर्सिटीले गरेको अनुसन्धानले महिलाले कसैलाई अंकमाल गर्दा कोर्टिसेल नामक हार्मोनको उत्पादन भई तनाव हुने बताएको छ । तर यही कुरा पुरुषले अंकमाल गर्दा भने हुँदैन ।

उक्त अनुसन्धानले कार्टिसोलले सम्झन सक्ने क्षमतामा प्रभाव पार्न सक्ने बताएको छ । जसले तनावपूर्ण कार्यलाई झन् समस्यामा पार्न सक्छ ।

कसैलाई स्नेहपूर्ण तरिकाले अंकमाल गर्दा ओक्सिटोसिन नामक हर्मोनको उत्पादन हुने र यसले कार्टिसोलको प्रभावलाई घटाउने अनुसन्धानले बताएको छ । सन् २०१८ मा भएको यस्तै अनुसन्धानले कुनै नकारात्मक घटनापछि आफ्नालाई अंकमाल गर्दा शान्त र आरामदायी महसुस गर्ने पुष्टि भएको थियो ।

कसैलाई अंकमाल गर्नुभन्दा पहिले उसलाई त्यसको जरुरत भए नभएकोबारे ध्यान दिनुपर्छ । कारण, सामुन्नेका मान्छेको मनस्थितिले नै उसलाई अंकमाल गर्नुको असर देखिन्छ । यो अनुसन्धानको नतिजा नेचर जर्नलमा प्रकाशित छ ।

अनुसन्धाताका अनुसार केही पुरुष अंकमाल गर्दा राम्रो महसुस गर्दैनन्, यसको सामाजिक कारण पनि हुनसक्छ । सामाजिक रुपले यस्ता गतिविधि पुरुषका लागि असामान्य र अनौठो मान्ने गरिन्छ । अर्कातिर कुनै महिला र पुरुषबीचको स्पर्श पनि हुनसक्छ ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?