 
																			११ जेठ, काठमाडौं । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् ।
जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गरेका हुन् ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् ।
सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरुमा पनि आइतबार सार्वजनिक विदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार विदा नदिने निर्णय गरेका हुन् ।
हेर्नुहोस् नगरपालिकाको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4