+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

पशु कल्याण सम्बन्धी छुट्टै ऐन बन्दैछ : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १५:५२

११ जेठ, काठमाडौं । सरकारले पशु कल्याण सम्बन्धी छुट्टै ऐन बनाउने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवका अनुसार सरकारले संघीय संसदको चालु अधिवेशनबाटै पारित गर्ने गरी पशु कल्याण सम्बन्धी छुट्टै ऐन बनाउन लागेको हो ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र स्नेहाज् केयरको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा’ नामक गोष्ठीमा मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘वर्तमान संसदबाट नै पारित हुने गरी पशु कल्याण ऐन बनाउन लागिएको छ । मस्यौदा तयार भएर संसदमा पेश गर्नुअघिको छलफलको चरणमा छ’ मन्त्री यादवले भने ।

उक्त कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तुरुन्त बन्नुपर्ने सहितको घोषणा पत्र पनि पारित गरेको छ ।

सघिय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सात वटै प्रदेश मन्त्रालय, नेपालमा कृयाशिल बिभिन्न पशु कल्याण संघहरु र अन्य सरोकारवालाहरुको सहभागिता भएको उक्त कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना र समर्ग देशमा पशु कल्याणको अवस्था, बिस्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको ब्यबस्ठा र पशु कल्याण सम्मबन्धी बिधमान कानुनी अवस्थाको बारेमा ७ वटा कार्यपत्र प्रस्तुत भएको थियो । ७ वटै प्रदेश मन्त्रालयका प्रतिनिधी तथा पशु सेवा बिभाग सहितको एउटा र नेपालमा कृयाशिल बिभिन्न पशु कल्याण सघहरु सहित २ वटा प्यानल छलफल पनि भएको थियो ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक डा.मोगल प्रसाद शाह, नेपाल पशु चिकित्शा परिषदका अध्यक्ष डा. ब्रज किशोर प्रसाद शाह, स्नेहाज् केयरकी संस्थापक स्नेहा श्रेष्ठले पनि नेपालमा पशु कल्याणको अबस्ठा सुधारका निम्ती सबै उत्तिकै जिम्मेवार ढङले लाग्नुपर्ने बताउदै पशु कल्याण ऐनको आवश्यकतामा बिशेष जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?