+
+

 मोरङमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १८:११

११ जेठ, विराटनगर । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठ ६ गते  मोरङ जहदा गाउँपालिका– २ बड्की बैरियाकी ३५ वर्षीय गीतादेवी राजभरको हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले ४३ वर्षीय  श्रीमान दिनेशकुमार राजभरलाई पक्राउ गरेको हो । गीतादेवीको मृत्युपछि फरार भएका उनलाई  मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

घरायसी विवादमा काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?