 
																			११ जेठ, पाल्पा । स्थानीय तह निर्वाचनबाट पाल्पामा पहिलो पटक महिलाले गाउँपालिकाको नेतृत्व पाइन् ।
संघीय संरचनापछि दोस्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा निर्वाचित सरस्वती चिदीले पाल्पाकै पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
नेतृत्व चयन गर्ने क्रममा पुरुषलाई नै अघि सार्ने प्रचलनका महिला पछि पर्दै आएकोमा यसअघि उपाध्यक्ष सम्हालेकी चिदी एमालेबाट अध्यक्षको टिकट पाएर चुनाव जित्न सफल भएकी हुन् ।
अध्यक्ष सपथ ग्रहण गर्दै चिदीले महिला उद्यमशिलता र युवा स्वरोजगारका पक्षमा काम गर्ने बताइन् । उनले आफू जिल्लामै एकमात्र महिला अध्यक्ष भएका कारण पनि नमूना गाउँपालिका बनाउन लागि पर्ने बताइन् ।
‘उपाध्यक्षमा रहेर पाचँ वर्ष सम्हालेको अनुभवलाई भरपुर रुपमा पूरा गर्ने गरी लाग्ने छु,’ उनले भनिन, ‘बहुजाति बहुभाषी, र विविधता रहेको गाउँमा अबको कार्यकालमा अपूरा कार्यक्रम पूरा गर्ने छु ।’
समस्याका रुपमा रहेको खानेपानीको अभाव हटाउन एक घर एक धारा कार्यक्रम लागू गर्दै निशुल्क पानी वितरणमा पहल गर्ने उनले घोषणा गरिन् । यस्तै दलित र विपन्न परिवारका लागि निः शुल्क स्वास्थ्य बीमाका कार्यक्रम लागू गर्ने पनि उनले बताइन् ।
महिला वडा अध्यक्ष पनि यसैपालि
पाल्पाका दश स्थानीय तहका गरी ८१ वडामध्ये पहिलो पटक वडाको नेतृत्वमासमेत महिला पुगेकी छिन् ।

तिनाउ गाउँपालिका वडा नं. ५ को अध्यक्षमा नेकपा एमालेको तर्फबाट निर्वाचित इन्द्रा कुमारी गाहा चिदी पाल्पाकै पहिलो एंव एक्लो महिला वडाध्यक्ष हुन् ।
४४ वर्षीया चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा खुला सदस्यबाट निर्वाचित भएर जिल्ला समन्वय समितिको सदस्य समेत भएकी थिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4