+
+

पल शाहको मुद्दाको आज उच्च अदालतमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते ११:२५
फाइल तस्वीर

काठमाडौं । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?