+
+

भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १४:५७

१२ जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको छ । बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खस्न सुरु भएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरका जनताको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?