+
+

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १६:३०

काठमाडौं । फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा हुने कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ ।

कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड–१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ ।

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिंदो समय, बदलिंदो अर्थतन्त्र’, ‘सधैंका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ ।

यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमार्फत कि–नोट स्पिच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?