+
+

‘बाबरी’को टिजर हलमा : धीरजको ‘सरप्राइज’ स्वर र ‘लभरगर्ल’ अदिती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:०५

काठमाडौं । ‘कबड्डी ४’को प्रिमियर सरप्राइज इभेन्ट पनि रह्यो । खासगरी अभिनेता धीरज मगरका फ्यानलाई । ‘इन्टु मिन्टु लण्डनमा’का अभिनेताको नयाँ फिल्मको पर्खाइमा रहेकाको लागि ‘सरप्राइज’ ।

प्रिमियरमा धीरजको नयाँ फिल्म ‘बाबरी’को टिजर ट्रेलर समेत लन्च गरियो । ‘कबड्डी ४’ हेर्न पुगेका पाहुनाले धीरज र अदिती बुढाथोकी स्टारर फिल्मको टिजर त हेरे, तर इन्टरनेटमा हेर्न भने अझै एकसाता पर्खनुपर्ने भएको छ ।

शुक्रबारदेखि रिलिज भएको ‘कबड्डी ४’को मौकालाई ‘बाबरी’ले छोपेको हो । एकैसाथ धेरै दर्शकमाझ पुग्न सक्ने उद्देश्यले टिजर लन्च गरिएको निर्देशक सुरेन्द्र पौडेलले बताए । टिजरमा एक्सन, रोमान्स र ड्रामा प्रस्तुत छ । धीरजको मोटो स्वर उनका दर्शकलाई सरप्राइज हुन सक्छ । निर्देशक पौडेलले धीरजकै स्वरमा डबिङ गराइएको बताए ।

टिजरमा अदितीलाई फकाउन मुख्य पात्र धीरजले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । अदिती लभरगर्लको रुपमा चित्रित छिन् । ‘बाबरी’ आगामी भदौ ३१ गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?