+
+

बुढीगंगाको निर्वाचन विवाद अदालतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:४५

१३ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवाद अदालतमा पुगेको छ ।

एमालेले उच्च अदालत दिपायलमा मतगणनाको माग राखी दिएको निवेदनमा दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । निर्वाचन आयोगले फेरि मतदानको निर्णय गरेपछि सर्वोच्च अदालतमा समेत रिट निवेदनको तयारी भएको छ ।

३० वैशाखमा निर्वाचन भएपछि बुढीगंगाका निर्वाचन अधिकृतले मतगणना गर्ने वा फेरि निर्वाचन गर्ने भन्नेवारे निकास दिन निर्वाचन आयोगमा पत्राचार गरेका थिए । त्यसपछि उनी फिर्ता भए । निर्वाचन आयोगले स्थलगत टोली पठायो ।

निर्वाचन सकिएको दुई साता वितिसक्दा पनि मतगणना नभएको भन्दै एमालेका मेयर उम्मेदवार राम बहादुर बानियाले उच्च अदालत दिपायलमा निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबिरुद्ध मुद्दा दायर गरेका थिए । रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले बिहीबार नै बाजुरामा फेरि मतदान गर्ने निर्णय ग¥यो । निर्णय विरुद्ध एमालेले सर्वोच्च अदालतमा कानूनी उपचार खोज्ने तयारी थालेको छ । ‘त्यो निर्णय विरुद्ध बुढीगंगा नगरपालिकाका मतदाता सर्वोच्च अदालत जाने तयारी छ’, एमाले बाजुराका नेता कर्ण थापाले भने, ‘आफूले व्यक्त गरेको मत गणना नभई खेर जाने र फेरि मतदान गर्ने काम स्वीकार्य हुँदैन । मतदाताले कानूनी उपचार खोज्छन् ।’

बाजुरामा एमाले र कांग्रेसले एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाएका छन् । कांग्रेसले दुईवटा वडामा बुथ क्याप्चर गरेको एमालेको आरोप छ । एमालेले ४ वटा बुथ क्याप्चर गरेको कांग्रसको आरोप छ ।

एमालेले महान्यायाधीवक्ता खम्मबहादुर खातीले पदको दुरुपयोग गरेर सुरक्षा निकायका अधिकारीहरुलाई दिउँसो नै मतदान केन्द्रबाट फिर्ता बोलाई जथाभावी मत खसालेको आरोप एमाललले लगाएको छ ।

सत्ताको दुरुपयोग गरेर कांग्रेसले जथाभावी मत खसालेको आरोप लगाउने एमालेले भने त्यहाँ फेरि मतदान नगरी मतगणना गर्नु पर्ने माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?