+
+

दीया पुनले गरिन् सगरमाथा आरोहण, निर्मल पूर्जाको टोली पनि सँगै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १३:४६

काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् ।

निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको जानकारी पूर्जाले दिए ।

चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुमेका थिए । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् । गतसाता गायक राजु लामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?