+
+

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न न्युयोर्कबाट मुम्बई पुगे प्रबल गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १४:५१
तस्वीर : पिंकभिल्लाबाट

काठमाडौं । केही दिनयता बलिउड मिडिया करण जोहरको ५० औं बर्थडे पार्टीलाई लिएर रंगिएका छन् । बलिउडमा अहिलेसम्मकै ठूलो पार्टी भनिएको यो भव्य जमघटको चर्चा तत्काल सेलाउने छाँटकाँट छैन ।

बलिउडका ‘हु इज हु’ सेलिब्रिटी उपस्थित पार्टीमा सहभागी हुन संसारभरबाट उनी निकट ‘सेलेब्स’ पनि मुम्बई पुगे । कतिपयले करणको उक्त पार्टीलाई विश्व फेसनको महाकुम्भ मानिने मेटगालाको संज्ञा समेत दिए ।

बलिउड सेलिब्रिटीका डार्लिङ मानिने करण जोहरको लागि भव्य बर्थडे सेट खडा गरिएको थियो । पार्टीमा पुगेका नेपाली फेसन डिजाइनर प्रबल गुरुङप्रति सबैको आँखा अडियो । किनभने प्रबल र करणबीच केही बलिउड मिडियाले अफेयर रहेको गसिप लेखिरहेका छन् ।

यी हल्लालाई लिएर स्वयं करण र प्रबल अनभिज्ञ पक्कै छैनन् । आफ्ना ‘बेस्टी’ करणको बर्थडेमा भाग लिन प्रबल न्युयोर्कबाट सीधै मुम्बई पुगेका हुन् । करणलाई भेट्न पुगेका प्रबलले दुईजनाको भिडियो र तस्वीर इन्स्टाग्राममा सेयर गरिरहेका छन् ।

केही वर्षदेखि करण र प्रबल मिल्ने साथी पनि हुन् । यी दुईबीचको निकटतालाई मिडियाले अफेयर पनि भनिरहेका छन् । अर्कोतर्फ करणको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनको म्यानेजरमा प्रबलका भाइ प्रवेश गुरुङ पनि कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?