+
+

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १५:४६

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । २,२३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १,१४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?