+
+

नेपाल भगवान भरोसामा चलेको छ : राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १६:४८

१३ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे । ‘७० वर्षको हाम्रो अभ्यास के छ ? नेपालले छलाङ लगायो कि लगाएन ? ७० वर्षअघि र अहिलेको अवस्था के छ ?’ महतोले भने, ‘समीक्षा हुनुपर्ने । के फड्को मार्‍यो त ?’

कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे । गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे । पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।

लोकतन्त्रको दुरुपयोग भएको महतोले आरोप लगाए । स्थानीय तहमा दलीय चुनाव आवश्यक नरहेको उनले बताए । ‘लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ’ महतोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?