+
+

लिपुलेक र कालापानीसम्बन्धी पुस्तक ओलीले नै रोक्नुभयो : पूर्वशिक्षामन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १३:३३

१४ जेठ, काठमाडौं । पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । ‘यो सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ओलीले राष्ट्रियता र प्रजातन्त्रबारे लामो ब्याख्या गर्नुभयो, मैले सुनिरहेँ’ उनले भने, ‘…म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक र कालापानीसम्बन्धी पुस्तक उहाँले रोक लगाउनुभयो । एउटा कार्यदल बनाउनुभयो । एक पटक पनि बैठक राख्नुभएन । किताब किन रोक्नुभयो जवाफ पनि दिनुभएन । प्रजातन्त्र र राष्ट्रियताको कठघरामा तपाईं पनि हुनुहुन्छ ।’

नेता पोखरेलले राष्ट्रियता र कुटनीतिलाई राजनीतिक दाउपेचको विषय बनाउन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?