+
+

मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १७:२३

१४ जेठ, मुगु । मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गरिने भएको छ ।

गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागिएको हो ।

गाउँपालिकाको वडा नं. २ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको छ ।

वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए ।

यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उनले बताए ।

गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पार्ने काम नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा पाटन क्षेत्रमा सिसा, प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुख बिरुवा नकाट्न, कुनै चोरी नगर्नसमेत संकलकलाई गाउँपालिकाले आग्रह गरेको छ । यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्ने छ ।

यार्सा संकलकबाट उठेको रकम गाउँपालिकाको खातामा जम्मा गरिने र पछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विकास निर्माणमा खर्च गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?