+
+

ओलीलाई देउवाको जवाफ : चीनविरुद्ध सक्रिय संस्थालाई मैले रोक लगाएको हुँ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २०:२३

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । ओलीको प्रश्नतर्फ संकेत गर्दै देउवाले चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएको बेला रोक लगाएको दावी गरे ।

प्राधनमन्त्री देउवाले बीआरआई लगायतका सहायता प्राप्त गर्ने सम्बन्धमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका अधारमा निर्धारण हुने भएकाले नेपाल सरकारले बुद्धिमत्तापूर्ण ढंगले यस्ता विषयमा निर्णय गर्ने बताए । उनले भने, ‘यसका निम्ति सबै पार्टीहरुसँग सरसल्लाह गरिनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?