+
+

गुणात्मक महत्व र संरचनात्मक परिवर्तन ल्याउने कार्यक्रम आएनन् : भट्टराई

वृद्ध भत्ता नलिने भट्टराईको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १९:१५

१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले बजेटमा गुणात्मक महत्व राख्ने र संरचनात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

बजेटबारे संवाददाताहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘गुणात्मक महत्वका र संरचनात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम आएनन् ।’

भट्टराईले कृषिलाई दिएको प्राथमिकता भने प्रशंसनीय भएको बताए । ‘कृषिमा दिएको प्राथमिकता र नयाँ योजना प्रशंसनीय छन्,’ उनको भनाइ छ, ‘जस्तै कृषि क्षेमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने वैज्ञानिक भूमिसुधार नगरेसम्म, भूमिमा गरिबको पहुँच नबनेसम्म त्यो पुरा हुँदैन ।’

‘उद्योग वृद्धि गर्ने र व्यापार घाटा घटाउने भनेका छौं, त्यसका लागि र वैदेशिक लगानी आकर्षित गर्ने गुणात्मक खालका योजनाहरु आउनुपर्थ्यो, त्यस्तो केही पनि आएन,’ उनले थपे ।

उनले ६८ वर्षमा वृद्ध भत्ता दिने कार्यक्रम आवश्यक नभएको भन्दै आफूले वृद्ध भत्ता नलिने समेत घोषणा गरे ।

प्रशासनिक क्षेत्रमा सामान्य सुधारका कुरा आए पनि रुपान्तरणकारी योजना बजेटमा नआएको भट्टराईको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?