+
+

सेयरको पूँजीगत लाभकर यथावत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २०:२९

१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारको पूँजीगत लाभकर तथा सीमा यथावत राखेको छ ।

आर्थिक विधेयक २०७९ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताको ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको भए बिक्रीमा भएको लाभबाट ५ प्रतिशत कर लाग्छ ।

यो चालु आवकै प्रावधान हो । ३६५  दिन भन्दा कम अवधिमा सेयर बेच्दा प्राप्त लाभमा भने ७ प्रतिशतले कर लाग्ने छ ।  यसअघि यस्तो कर ७.५ प्रतिशत थियो ।

लगानीकर्ताले दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्नका लागि पुँजीगत लाभकर घटाउन सुझाव दिँदै आएका थिए ।

उनीहरुले अल्पकालीन लगानीकर्तालाई ६.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ४ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?