+
+

दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ९:१७

१६ जेठ, दाङ । दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

बिहान ५ बजे गिरी सडकको छेउमा हिंडिरहेका बेला ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहाले जानकारी दिए । ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?