+
+

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति बीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १२:४९

काठमाडौं । नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाबीच आपसी सम्बन्धलाई वित्तीय कारोबारहरु मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।

कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?