+
+

बजेट कार्यान्वयनमा आशंका छ : माधवकुमार नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १८:५०

१६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनमा आशंका गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गगरेका हुन् ।

बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागु हुनुपर्ने बताए ।

‘हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरि हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ?

लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागु हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ’ उनले भने ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमी कमजोरीलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए ।

उनले भने, ‘बजेटमा कतिपय राम्रा कुराहरु आएका छन् । तर अझै हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कयौं कुराहरुमा कमी कमजोरीहरु पनि छन् । ती कमी कमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागु ग¥यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष त्यस्तै आइराखेको छ ।’

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?