+
+

भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १९:१५

१६ जेठ, सप्तरी । सप्तरी प्रहरीले आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साह छन् । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए ।

आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घट्नापछि फरार रहेका प्रमेश्वरलाई आईतबार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?