+
+

मेस्सी भन्छन्– रियल मड्रिड च्याम्पियन्स लिगको सर्वश्रेष्ठ टिम होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १२:०७

१७ जेठ, काठमाडौं । लियोनल मेस्सी अझै पनि बार्सिलोनामा आफ्नो समयको याद गरिरहेका छन् । उनले पुनः एकपल्ट अघिल्लो सिजनको सुरुमा आफूले बार्सिलोना छाड्नुपर्नाको कारणबारे प्रष्टीकरण दिएका छन् ।

अर्जेन्टिनी टिममेटसँगै मेस्सीेले मड्रिडस्थित एट्लेटिको विल्बाओको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका छन् । उनीहरुले कोपा अमेरिका च्याम्पियनको हैसियदमा बुधबार राती युरो च्याम्पियन इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।

पेरिस सेन्ट जर्मेइनका यी सुपरस्टारले आफ्नो व्यस्त कार्यतालिकाबाट केहि समय निकालेर टीवाईसी स्पोर्टसका लागि अन्तर्वार्ता दिएका छन् । जहाँ उनले गएको सिजन आफू फ्रान्समा स्थानान्तरित भएकोबारे कुराकानी गरेका छन् भने आसन्न कनम्बेल–यूईएफए कप अफ च्याम्पियन्सका लागि तयार रहेको बताएका छन् ।

‘म धेरै खुसी थिएँ । मैले बार्सिलोना र मेरो जीवनमा सधैं यस्तै हुनेछ भन्ने सोच्थेँ । तर, जे भयो त्यो निकै कठिन थियो,’ मेस्सीले भनेका छन्, ‘यो एउटा कठिन परिवर्तन थियो । सबैकुरा स्वीकार गर्न सजिलो थिएन । एकै स्थानमा जीवनभर रहेपछि यो उमेरमा नयाँ गन्तव्यको खोजी चुनौतिपूर्ण काम हो । मैले यो समयको सायद कल्पनासम्म गरेको थिइनँ ।’

च्याम्पियन्स लिगमा पीएसजीले रियल मड्रिडसँग अप्रत्यासित पराजय ब्यहो¥यो । अन्तिममा सोही टोलीले प्रतियोगिता ट्रफी उचाल्यो । तर, मेस्सीको नजरमा रियल युरोपको सबैभन्दा उत्कृष्ट टोली होइन ।

‘रियलले हामीलाई हरायो । एउटा उत्कृष्ट टोलीले सधैं जित्छ भन्ने हुँदैन,’ मेस्सीले भने, ‘उनीहरु केहि नगुमाई च्याम्पियन्स लिग जिते । उनीहरु अहिले युरोपका च्याम्पियन हुन् । तर, च्याम्पियन्स लिगको सर्वश्रेष्ठ टिम होइनन् ।’

रियलको च्याम्पियन्स लिग सफलताबारे मेस्सीले थपे, ‘च्याम्पियन्स लिगमा समग्र वस्तुस्थिति, महत्वपूर्ण क्षण, मनोवैज्ञानिक चुस्तता आदिले टिमको सफलता निर्देशित गर्छ । तपाईले सानो कमजोरीले पनि यी सबै कुराहरुलाई छिन्नभिन्न पारिदिन्छ । उनीहरु यी कुराहरुमा सधैं तयार हुन्छन् र फाइनलमा पुग्न सक्छन् ।’

मेस्सीले यो वर्ष बालोन डी’ओरका लागि करिम बेन्जेमा सबैभन्दा उत्कृष्ट विकल्प भएको स्वीकार गरे । ‘मेरो विचारमा यस विषयमा कुनै सन्देह नै छैन । यो सिजन बेन्जेमाका लागि शानदार थियो । च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गरेका छन् । अन्तिम १६ को चरणयता हरेक खेलमा निर्णायक प्रदर्शन गरेका छन्,’ उनले भने ।

इटलीसँगको आसन्न खेललाई हेर्दा सुपरस्टार कप्तान मेस्सीले आफ्नो टिमका लागि अर्को एउटा उपाधि दिलाउन चाहन्छन् । यो अवसर उनले यसअघि पाएका थिएनन् । ‘यो एक आधिकारिक प्रतियोगिता हो जसलाई फिफाले मान्यता दिएको छ । हामीले एउटा अर्को उपाधि जित्ने प्रयास गर्नेछौं । अर्जेन्टिनाका नागरिक पनि यसका लागि प्रतीक्षारत छन्,’ मेस्सीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?