+
+

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते २०:०२

१७ जेठ, काठमाडौं । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाउने सहमति जुटेको छ ।

‘घोपा बचाउ’ अभियानको ५६ औं दिन नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।  कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक जना नगर प्रमुखको तर्फबाट प्रतिनिधि रहनेछन् ।

वार्तामा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह वार्ता कमिटीका सदस्यहरु, सेभ घोपा अभियन्ताहरु सहभागी थिए ।

तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिस वमोजिम गर्ने र निर्देशन अनुसार काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने सहमति भएको अभियानको नेतृत्व गरिरहेका सुदन गुरुङले बताए । दुई साताभित्र गर्न सकिने कामको भए नभएको हेरेर मात्रै आन्दोलन उनले बताए ।

सोमबार आन्दोलनरत युवाले उपकुलपति कार्यालय परिसरमा क्वार्टर फर्कदै गरेका उपकुलपति डा.गिरीलाई गाडीभित्रै घेराउ गरेपछि मात्रै नगर प्रमुख राईको पहल र रोहबरमा वार्ता भएको थियो । प्रतिष्ठानले वार्ता समिति बनाए पनि आन्दोलनरत पक्षले उपकुलपति डा.गिरीको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएका थिए । दिउँसो नगर प्रमुखको कार्यकक्षमा भएको वार्ता निष्कर्षविहिन भएको थियो ।

उनीहरुले वीपी अस्पतालमा आईसीयू बेड, भेन्टिलेटर थप गर्नुपर्ने र एमआरआई मेसिन ल्याउनुपर्ने लगायतका न्यूनतम सुविधा उपलब्ध तत्काल गराउनुपर्ने माग राखेर प्रतिष्ठानको डेन्टल र मुख्य द्वारबीचको सडकमा हरेक दिन ४ बजे सडकमा बसेर लौरो बजारेर खबरदारी गर्ने, वीपी सुधारका लागि खबरदारी लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै आईरहेका छन् ।

‘हामी नेपाल’ समूहले २०७८ चैत १९ गतेदेखि सुरु गरेको घोपा बचाउ अभियान जेठ ३ गते धराने युवालाई नेतृत्व हस्तारण गरेको थियो । युवाहरुले थालेको घोपा बचाउ अभियानमा पछिल्लो समय सबै उमेर समूहका नागरिकहरु जोडिन थालेका छन् । वीपी अस्पतालमा भएको एमआरआई मेसिन बिग्रेपछि एमआरआईको लागि विराटनगर धाउनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?