+
+

मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ११:४४

१८ जेठ, मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् ।

नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अध्यक्ष भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको हो ।

अझै पुगेनन् पुस्तक

शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन नगरपालिकाले ताकेत गरेको छ ।

जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको पहुँचसमेत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?