+
+

केकेको स्वरका लागि जब संगीतकारले गीतको बोल नै परिवर्तन गरे…

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १२:२९

हम रहे या ना रहे कलकल .. याद आएंगे ए पल’

भारतीय गायक कृष्णकुमार कुन्नथ (केके)को चर्चित गीत हो यो । यसले प्रेमलाई मात्रै नभई साथीभाइसँगको आत्मीयता समेत झल्काउँथ्यो ।

यारो दोस्ती बडी ही हसिन है

सन् १९९९ मा आएको एल्बम ‘पल’का गीतमा स्वर भर्ने गायक हुन् केके । केकेले यसभन्दा अगाडि धेरै जिंगल गाइसकेका थिए । तर उनको पहिचान बनाउने र स्वरप्रति सर्वसाधारणको लगाव बढाएको भने ‘याद आएंगे ए पल’ हो ।

याद आएंगे ए पल’पछि उनले पछाडि फर्केर हेर्नु परेन । यो गीत गाइसकेपछि उनको जादुमयी स्वरले लाखौंको मन मस्तिष्कमा डेरा जमायो । र, उनले स्वरमार्फत बिरहीपनलाई देखाइदिए ‘तडपतडप के इस दिल से आह निकलती रही’ ।

केकेले फिल्मी सांगीतिक क्षेत्रमा पनि स्वर भरे । कहिले शाहरुख खानको रुमानियत बनेर आँखो मे तेरी अजब सी गजब सी अदा हे’, बनेर, कहिले प्रेम भई रणवीरको आवाज बनेर ‘सजदे मे युही झुकता हुँ, तुम पे आके मरता हुँ’ त कहिले प्रेम बिछोडको ‘दश बहाने करके लेगई दिल’ र कहिले मुटुको तड्पाई बनेर ‘तडप तडपके इस दिलको’ बनेर ।

गायक मात्रै थिएनन् केके । उनी संगीतकार पनि उत्तिकै थिए । फुडी, प्रकृतिलाई माया गर्ने, रोडी र घुमफिर गर्न मन पराउँथे ।

दिल्लीमा हुर्केबढेका केकेलाई सानैदेखि संगीतप्रति लगाव थियो । र, उनी सानैदेखि गाउँथे पनि । संगीत शिक्षा नलिए पनि उनको सांगीतिक सुरताल भने जादुमयी थियो ।

कोलकाताको कन्सर्टमा सहभागी हुन गएका केकेको मंगलबार ५३ वर्षको उमेरमा निधन भएको छ । केके कोलकोताको एक कलेजमा प्रस्तुति दिन गएका थिए । प्रस्तुति दिंदा उनले स्वास्थ्य अवस्था खराब भएको जानकारी दिएका थिए ।

कार्यक्रमबाट होटल पुग्नासाथ उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत्यु घोषित गरेका छन् । उनको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

सन् २०१४ मा लण्डनमा कन्सर्टका लागि पुगेको बेला केकेले बीबीसीसँग गरेको संवादको अंश :

गायक बन्छु भनेर कहिले र किन सोच्नुभयो ?

बाल्यकालदेखि नै संगीतप्रति लगाव थियो । पुराना क्यासेट लिएर निकै गीत सुन्थें । कलेजमा साथीहरुसँग मिलेर प्रस्तुति दिन्थें । बिहे हुने बेला साथीहरुले मलाई मार्केटिङमा काम लगाइदिए । काम गर्दै जाँदा म यो के गर्दै छु भन्ने कुरा महसुस गरें । फेरि म मुम्बई गएँ । मैले विज्ञापनमा जिंगल्समा काम गर्न सुरु गरें । र हजारौं जिंगल्स गाएँ ।

बलिउड यात्रा कसरी सुरु भयो ?

विज्ञापनमा काम गर्दागर्दै मलाई ‘माचिस’ फिल्मको ‘छोड आए हम वो गलिया’मा काम गर्ने अवसर मिल्यो । गाउन दुई लाईन मात्रै भए पनि विशाल भारद्वाजको फिल्म थियो । त्यसपछि एआर रहमानले फिल्म ‘सपनेमे’ मौका दिए । तर सांगीतिक जीवनले गति लिएको सन् १९९९ मा हो ।

‘हम दिल दे चुके सनम’का लागि इएस्माइल दरबारले मलाई ‘तडपतडप के इस दिलके’का लागि गीत गाउन भने । सामान्यतया यस्ता गीतका लागि संगीतकारले कुनै राम्रो र सिनियर गायकलाई मात्रै लिन्थे ।

तर स्माइलले मलाई विश्वास गरे । विश्वास गरेपछि मैले मनले गाए । गीत निकै हिट भयो । यसै वर्ष मेरो सांगीतिक एल्बम रिलिज भयो । यसमा रहेको गीत ‘जैसे याद आएंगे वो पल’ निकै लोकप्रिय भयो । आज पनि यो गीत हरेक स्थानमा बजिरहन्छ ।

गीतको बोललाई लिएर अहिले निकै बहस हुन्छ । बोललाई लिएर तपाईले गाउन नमानेको कुनै गीत छ ?

एकपटक कुनै नयाँ संगीतकारले मलाई गीत गाउन लगाए । मलाई लाग्यो कि यो कस्तो बोलको गीत हो । म गीत छाडेर हिंडे । पछि गीतको बोल बदलिसकेको भन्दै मलाई फोन आयो ।

ती संगीतकारको पहिलो फिल्म निर्माता नामी थिए । जसले उनले नाइँ भन्न सकेका थिएनन् । उनीहरुलाई थाहा थिएन कि मैले त्यस्ता गीत गाउँदिन भनेर ।

राम्रो गायकको परिभाषा कसरी गर्नुहुन्छ ?

मेरो विचारमा संगीतकारका गीतलाई आफ्नो बनाएर मनले गाउने नै राम्रो गायक हो । कहिलेकाहीं गीतको भावना र बोल एकातिर आफ्नो मुड अर्कोतिर पनि हुनसक्छ । तर यसबाट बच्नका लागि म दिनको एउटा मात्रै गीत गाउँछु । जबसम्म गायकले गीतसंगीतलाई आफू श्रोता भएर महसुस गर्दैन र आफ्नो हो ठान्दैन तबसम्म श्रोताले गीत मन पराउँदैनन् । गीत गीतजस्तो बन्दैन ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?