+
+

आर्थिक संकटपछि श्रीलंकामा खाद्य संकटको डर, किसानलाई रोपाइँ गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १३:०७

१८ जेठ, काठमाडौं । आर्थिक संकटबाट गुज्रिइरहेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ ।

श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् ।

श्रीलंकामा अहिले रोपाइँको समय हो । ‘हामी सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मिहनत गर्नुहोस्,’ उनले भने ।

प्रधानमन्त्री रनिल विक्रमसिंघेले अगस्टदेखि देशमा खाद्य संकट पनि निम्तिने घोषणा गरिसकेका छन् । त्यसैले श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न चाहेको छ ।

श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । खाद्य बैंकले चामल तथा अन्य आवश्यक खाद्यान्न उपलब्ध गराउँछ ।

२ करोड २० लाख जनसंख्या भएको टापु राष्ट्र श्रीलंका सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ ।

आर्थिक मन्दीले पिरोलिएको श्रीलंका कोरोना महामारीका कारण थप प्रभावित भयो । विदेशी मुद्रा आर्जनको श्रोत पर्यटन उद्योग हामारीको समयमा सञ्चालन भएनन् ।

विदेशी मुद्राको सञ्चिति घट्दै गयो । विदेशी मुद्राको अभावमा पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन उपचारका लागि आवश्यक ‍औषधि, खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परिरहेको छ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?