+
+

यसरी मनाइयो उपल्लो मुस्ताङमा तिजी पर्व (फोटो फिचर)

कमल प्रसाईं कमल प्रसाईं
२०७९ जेठ १८ गते १४:४१

१८ जेठ, काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व यसैसाता मनाइएको छ । मुस्ताङका गुरुङ र विष्ट समुदायले १५ औं शताब्दीदेखि यो पर्व मनाउँदै आएका छन् ।

लोमान्थाङ दरबारको प्राङ्गणमा मनाइने तिजी पर्वको पहिलो दिन विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ भने दोस्रो र तेस्रो दिन सांस्कृतिक कार्यक्रम र नृत्य प्रदर्शन गरिन्छ ।

तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडेर हेरिने गरिन्छ । यस पर्वका अवसरमा उपल्लो मुस्ताङीले एकापसमा माया-स्नेह साटासाट गर्छन् । साथै, उनीहरु विश्वशान्तिका लागि कामना र दैवी प्रकोपबाट पार पाउनका लागि प्रार्थना गर्छन् । तिजी पर्वका अवसरमा स्थानीयले राजासँग भेट्ने अवसर पाउँछन् भने आफ्ना समस्या समेत बिसाउँछन् ।

लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदमसम्वा रिम्पोचेको तस्वीर अंकित ठूलो थाङ्का प्रदर्शन गरिन्छ । यो थाङ्का वर्षको एक दिन मात्रै दरबार बाहिर निकालिन्छ । तिजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।

माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन नै लोमान्थाङको मुख्य आकर्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?