+
+

क्लब छाड्दै बेलले भने– रियलबाट खेल्ने सपना पूरा भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १६:२८

१८ जेठ, काठमाडौं । स्पेनिस महारथी क्लब रियल मड्रिड छाड्दै वेल्स स्टार ग्यारेथ बेलले रियलका लागि खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् ।

रियलसँग उनको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र थियो । उनी फ्री ट्रान्सफरमार्फत अन्य क्लबमा जान स्वतन्त्र भएका छन् ।

३२ वर्षीय बेलले रियलमा रहँदा पुथ्रै उपाधिहरु जितेका छन् । यद्यपी पछिल्ला केहि वर्ष उनले मिडियाको एउटा वर्ग र केहि समर्थकबाट आलोचनाको शिकार हुनुपरेको थियो ।

ट्वीटरमा विदाई सन्देश जारी गर्दै बेलले रियल मड्रिडको आफ्नो समयलाई ‘एक अविश्वसनीय अनुभव’का रुपमा वर्णन गरेका छन् ।

‘यो सन्देश म आफ्ना सबै साथीहरु, मेरा प्रशिक्षक, ब्याकरुम स्टाफ र मलाई माया गर्ने समर्थकलाई दिन चाहन्छु,’ बेलले लेखेका छन्, ‘म ९ वर्षअघि यहाँ आउँदा धेरै युवा थिएँ । जसले रियल मड्रिडबाट खेल्ने सपना पालेको थियो । सेतो जर्सी लगाउन, सान्टियागो वर्नबेउमा खेल्न, उपाधिहरु जित्नका लागि र च्याम्पियन्स लिग जित्नका लागि यहाँ आएको थिएँ । पछाडि फर्केर हेर्दा मैले हासिल गर्न बाँकी केहि पनि छैन । वास्तवमा भन्नुपर्दा मेरा सबै सपनाहरु वास्तविकतामा परिणत भएका छन् ।’

गत शनिबार लिभरपुललाई हराएर उपाधि जित्दा उनले कीर्तिमानी पाँचौंपल्ट च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।

लिभरपुलमाथिको विजयको समयमा उनी बेन्चमा थिए । यस सिजन रियलको च्याम्पियन्स लिग अभियानमा उनले थोरै अवसर पाएका छन् । बेल अघिल्लो सिजन लोनमा टोटनह्यामबाट खेलेका थिए ।

सन् २०१३ मा १०० मिलियन युरोमा रियलमा अनुबन्ध भएका बेलले यहाँ रहँदा तीनपल्ट ला लिगा, तीनपल्ट क्लब विश्वकप र तीनपल्ट युईएफए सुपर कपको उपाधि जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?