+
+

‘कबड्डी ४’लाई पहिलो साता साढे ११ करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ११:३२

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ११ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पाँच दिनमा १० करोड कमाएको फिल्मले बुधबार र बिहीबार डेढ करोड ग्रस बटुल्यो ।

मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्समा पहिलो साताको ग्रस कलेक्सन ३ करोड ८५ लाख रुपैयाँ छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा सात दिनको कमाइ २ करोड १८ लाख रुपैयाँ छ ।

बिग मुभिज र एफक्युबको कमाइ १/१ करोड रुपैयाँ ग्रस छ । रञ्जनामा ३५ लाख, वान सिनेमाजमा ७५ लाख, बीएसआरमा ६० लाख ग्रस रहेको विवरण प्राप्त भएको छ ।

‘कबड्डी ३’को लाइफटाइम कलेक्सन १३ करोड ग्रस हो । चौथो श्रृंखलाले तेस्रो श्रृंखलाको कमाइलाई दोस्रो सप्ताहन्तमा उछिन्ने अनुमान छ । चार नयाँ फिल्म रिलिज भएकाले चुनौती पनि बढेको छ ।

शुक्रबार बिहान क्यूएफएक्समा अकुपेन्सी २० प्रतिशत छ । दोस्रो शुक्रबार फिल्मको अकुपेन्सीमा गिरावट आएको छ । ‘कबड्डी ३’को कमाइलाई उछिन्न पनि चौथो सिक्वेलले साढे दुई करोड कमाउनैपर्ने हुन्छ । सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड चाहिं ‘छक्कापञ्जा ३’ (१६ करोड ग्रस)को छ ।

निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४’ले पहिलो साता १० करोड कमाउने अनुमान गरेका थिए । उनको अनुमानभन्दा चौथो श्रृंखलाको पहिलो हप्ताको कमाइ डेढ करोडले बढी नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?